काठमाडाैं : नाडेप मार्इक्रोफार्इनान्सले असार १० देखि १३ गतेसम्म निष्काशन गरेको साधारण शेयर (अार्इपीअो) को बाँडफाँट अाज (बुधबार) हुने भएको छ। ब्रिकी प्रबन्धक नबिल र्इन्भेस्टमेन्टले धितोपत्र बोर्डसँगको छलफलपश्चात अाज बिहानसम्ममा अार्इपीअो बाँडफाँट गर्ने जानकारी दिएको छ।
नाडेपले ४ करोड ८० लाख रूपैयाँबराबरको ४ लाख ८० हजार कित्ता अार्इपीअो निष्काशन गरेको छ । यसमध्ये सर्वसाधारणका लागि छुट्याएको ४ लाख ३२ हजार कित्ताका लागि २३ गुणाबढी अावेदन परेको छ ।
धेरै अावेदन परेपछि १ लाख ७५ हजार अावेदकले शेयर नपाउने निश्चितजस्तै छ । २ लाख १९ हजार अावेदकले अावेदन दिएकोमा ४३ हजार २ सय अावेदकले चाहिँ गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।
चुक्ता पूँजीको ३० प्रतिशत आईपिओ जारी गरेको नाडेपले चुक्तापुँजी १६ करोड रुपैयाँ पु-याउँदैछ ।
यो पनि :
नाडेपको शेयर ८० प्रतिशत अावदेकले नपाउने
नाडेप मार्इक्रोफार्इनान्सको ४ लाख ८० हजार कित्ता अार्इपीअो अाजदेखि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया