प्रिमियम विवादमा तानिएको धितोपत्र बोर्डको यस्तो विज्ञप्ति

काठमाडाैं : केही कम्पनीहरूको शेयर निष्काशन गर्दा प्रिमियम मूल्यमा चलखेल गरेको अारोप लागेको धितोपत्र बोर्डले अाफूले गरेका सवै काम विधिसम्मत भएको दाबी गरेको छ। बोर्डले मंगलबार जारी गरेको सो विज्ञप्तिमा बजारमा बोर्डप्रति गलत र अफवाहपूर्ण भ्रम फैलार्इएको उल्लेख छ।

शेयरको प्रिमियम निर्धारणमा बोर्डका अधिकारीहरूले नीतिगत भ्रष्ट्रचार गरि सम्बन्धित संस्थाहरूबाट मोटो रकम बुझेको अारोप लगानीकर्ताहरूले लगार्इरहेका छन् । बुटवल पारव कम्पनीले जारी गरेको एफपीअोदेखि अन्य कम्पनीको एफपीअोको मूल्य निर्धारण गर्दा बोर्ड बारम्बार विवादमा पर्दै अाएको छ। 

बोर्डले प्रिमियम मूल्यमा एफपीअोको सार्वजनिक निष्काशन गर्दा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मार्फत एफपिओको मूल्य निर्धारण गरेको दाबी गरेको छ । तर, यसरी शेयरको मूल्य निर्धारण गर्दा नेपालको पूँजीबजार विकास गर्न के(कति मद्दत पु-यायो भन्नेबारे बोर्डले विज्ञप्तिमा पनि माैनता साँधेको छ । 

यस्तो छ बोर्डको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?