काठमाडौं । साउथ फिल्म उद्योगका कलाकारहरुको फ्यान फलोइङ निकै राम्रो छ । फिल्म रिलिज हुने बेलामा आफ्ना मनपर्ने स्टारको यो क्रेज फ्यानमा प्रायः देखिने गरेको छ ।
दक्षिण भारतमा हरेक सुपरस्टारको आफ्नै फ्यानबेस छ । यी फ्यानहरू आफ्नो मनपर्ने स्टारका लागि कुनै पनि हदसम्म जान्छन्।
सेलिब्रेटीहरूका लागि फ्यानहरूको यस प्रकारको माया कहिलेकाहीं घातक साबित हुनेगरेको छ । तेलुगु सुपरस्टार प्रभासका करोडौं फ्यानहरू छन् जो उनको फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् तर जब उनको मनपर्ने अभिनेताको फिल्मले खासै केही गर्न सक्दैन तब केही फ्यानहरू निराश भएर गलत कदम चाल्छन्।
नकारात्मक समीक्षाबाट निराश फ्यानले आत्महत्या गरे :
भारतीय सञ्चार माध्यमका अनुसार प्रभासको भर्खरै रिलिज भएको फिल्म ‘राधे श्याम’ का कारण एक फ्यानले आत्महत्या गरेका छन् ।
उक्त फ्यानले आफ्नो मनपर्ने अभिनेताको फिल्मबाट प्राप्त नकारात्मक टिप्पणी सहन सकेनन्। प्रभासका ती फ्यान फिल्मबाट निकै निराश थिए । घर आएपछि उनले झुण्डिएर आत्महत्या गरे ।
एक वेबसाइटको रिपोर्टअनुसार आन्ध्र प्रदेशको तिलक नगर, कुर्नूल निवासी २४ वर्षीय मुथला रवि तेजाले फिल्मको नकारात्मक प्रतिक्रियाबाट दुःखी भएर आत्महत्या गरेका छन् । रविले पहिलो दिन नै फिल्म हेरे र फिल्म सोचेअनुसार नभएको परिवारलाई बताएको रिपोर्टमा उल्लेख छ ।
प्रभासको जादू चलेन :
फ्यानहरु फिल्म ‘राधेश्याम’को उत्सुकताका साथ पर्खिरहेका थिए तर रिलिजपछि यो फिल्मलाई दर्शकले खासै मन पराएनन् । पहिलो दिन यो फिल्मले साउथमा राम्रो व्यापार गरे पनि राधे श्यामले हिन्दी दर्शकमाझ खासै कमाइ देखाउन सकेन ।
फिल्मको हिन्दी संस्करणले पहिलो दिन ४.५ करोडको व्यापार गरेको थियो । यो फिल्मले चार दिनमा मात्रै १४ करोडको व्यापार गर्न सकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया