काठमाडौं । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले आफ्नो जीवनलाई आफ्नै तरिकाले जिउनेसँगै आम मानिसका लागि प्रेरणा पनि बन्ने गरेका छन् । जसमा बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ताको नाम पनि छ । उनी कुनै विवादित विषयमा पनि निकै संयम रही आफ्नो तर्क दिने गर्छिन् ।
६२ वर्षको उमेरमा पनि नीना निकै हट र ग्ल्यामरस देखिन्छिन्, उनी हरेक दिन सामाजिक सञ्जालमा मानिसहरूसँग कुरा गरिरहेकी हुन्छिन् । प्रायः महिलाको विषयमा उभिने नीनाले हालै सामाजिक सञ्जालमा आफ्नो एउटा भिडियो सेयर गरेकी छिन् ।
यस भिडियोमा नीनाले ड्रेसिङ सेन्सको विषयमा ट्रोल गर्ने महिलालाई जवाफ दिएकी छिन् ।
नीनाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेकी छिन् । उनले आफ्नो मेहनत र लगनशीलताका कारण बलिउडमा फरक स्थान हासिल गरिन् । नीनाले आफ्नो इन्स्टाग्राममा महिलालाई उनीहरुको कपडाको आधारमा जज नगर्न आग्रह गरेकी छिन् । यस भिडियोमा नीनाले भनिन्, ‘यो पोस्ट गर्नु मेरो लागि धेरै महत्त्वपूर्ण थियो किनभने धेरै मानिसहरूले मैले लगाएको जस्तो लुगा लगाउँछन्। मानिसहरूको पहिरन देखेर समाजका केही नराम्रा मानिसहरूले कमेन्ट गर्ने गरेका छन् । उनीहरु बेकार मानिसहरू हुन्। उनीहरूलाई केही थाहा छैन।’
बलिउडकी पुराना नायिकाहरू मध्येकी एक हुन्, नीना आफ्नो ड्रेसिङ सेन्सको निकै ख्याल राख्छिन् । नीना अन्तिम पटक फिल्म ‘८३’ मा पर्दामा देखिएकी थिइन्, जसमा उनी रणवीरकी आमाको भूमिकामा देखिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया