एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको महत्वांकाक्षा बुलेट ट्रेन परियोजनालाई एक पछि अर्को प्रान्तका किसानहरूको विरोध खप्नु परिरहेको छ ।
महाराष्ट्रका किसानहरूले गरेको विरोध पछि अब गुजरातका किसानहरूले त्यसको विरोध गर्न थालेका हुन् ।
यो विरोध जमीन अधिग्रहण विधि र मुआब्जासम्बन्धी विषयले हुने गरेको पाइएको छ ।
किसानहरूले बुलेट ट्रेन परियाजना कुनै एक प्रान्तको नभइ कैयौं प्रान्तको परियोजना रहेको भन्दै अदालतमा मुद्दा हालेका छन् ।
किसानहरूको विरोध बीच नेशनल हाइ स्पिड रेल कर्पोरेशन लिमिटेडले भने यो परियोजा पूरा हुने विश्वास दिलाएका छन् ।
लिमिटेडका अधिकारीहरूले किसानलाई विश्वास दिलाएर भूमि अधिग्रहण गर्ने बताए ।
किसानहरूले बुलेट ट्रेन परियोजना सम्भ्रान्त वर्गका लागि भएको बताएका छन् ।
सम्भ्रान्त वर्गको यसबाट स्वार्थ पूरा हुनेछ छ ।
सामान्य मानिसका लागि यसले केही उपलब्ध नगराउन किसानहरूको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया