एजेन्सी : बीम इन्डियाले चिनिने मदिरा बनाउने कम्पनी बिम इन्डियाले सेनाको क्याटिन स्टोर डिपार्टमेन्टका कर्मचारीहरूलाई १० करोड भारु घुस खुवाएको छ ।
आफ्नो ह्विस्की ब्रान्डलाई लोकप्रिय बनाउन सो रकम घुस खुवाएको पाइएको छ ।
अमेरिकाको सेक्यिरिटी एन्ड एक्सचेन्स कमिसनले कम्पनीलाई करिब ५५ करोड जरिवाना तोकेको छ ।
टीचर र जिम बिम नामक ब्रान्डलाई कर्मचारीलाई लोकप्रिय बनाउन घुस खुवाएको अनुसन्धानमा पाइएको छ ।
यो रकम सन् २००६देखि २०१२सम्म कम्पनीले यस्तो गरेका हुन् ।
बिम इन्डियाले १५ अमेरिकी डलर बराबरको रकम आफ्ना प्रमोटरलई दिएको थियो ।
क्यान्टिन स्टोर डिपार्टमेन्ट सन् १९४८मा स्थापना भएको थियो । यसले सेनालाई वार्षिक१ खर्ब ७५ अर्ब भारुको बजार हो ।
अमेरिकी प्रतिवेदन अनुसार तामिलनाडु, अन्मान निकोबार, उडिसा र कर्नाटकामा अवैध धन्दा चलेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया