काठमाडौं । नेपालीहरुको खानपानमा भिटामिन र मिनरल्सको मात्रामा कमी रहेको एक अध्ययनले देखाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको एक अध्ययनमा नेपालीहरुको खानपानमा भिटामिन र मिनरल्सको मात्रामा कमी रहेको उल्लेख गरिएको हो ।
बुधबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता केपी लम्सालले नेपालीहरुको खानामा पोषक तत्वको मात्रामा कमी रहेको पाइएको बताए । झापा, ललितपुर र रसुवाको समुदायमा गएर गरिएको अनुसन्धानमा दिनमा ८ पटक खाना खानुपर्नेमा नेपालीहरुले बढिमा ४ पटक मात्रै खाने गरेको पनि पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया