रोनाल्डोले गर्ने सामाजिक कार्यबाट प्रभावित छु: तेक्वान्दो क्वीन आयषा

काठमाडौँ। रसियामा विश्वकप फुटबलको २१ औँ संस्करणको नकआउट चरणको सबै खेलको समाप्तीसँगै अन्तिम आठमा पुग्ने टोलीको पनि छिनोफानो भइसकेको छ ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल, फ्रान्स, रसिया, क्रोएसिया, स्वीडेन, उरुग्वे, बेल्जियम र इंग्ल्याण्डले अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । निकै रामोञ्चक बनेको विश्वकपमा पूर्व विश्वविजेता जर्मनी, स्पेन, अर्जेन्टिना सहितको टोली भने नकआउट चरणबाटै बाहिरिसकेको छ । 

यसै बीच सन् २०१० मा ढाकामा सम्पन्न ११ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ की स्वर्ण पदक विजेता तेक्वान्दोकी आयषा शाक्यले जारी विश्वकपको उपाधि फ्रान्सले जित्न सक्ने बताएकी छन् । 

फ्रान्सले विश्वकपमा गरेको उत्कृष्ट प्रर्दशन र टिमका स्टार फरवार्ड केलिन एमबाप्पेले खेल्ने शैलीबाट निकै प्रभावित भएको पनि बताइन् ।

साथै उनले फ्रान्स जारी विश्वकपमा राम्रो फर्ममा रहेको भन्दै उपाधिको दावेदार रहेको जानकारी दिइन् । जारी विश्वकपमा पेलेको कीर्तिमानलाई तोडेका एमबाप्पे आउँदो दिनमा विश्वकै सबैभन्दा महंगा खेलाडी समेत बन्न सक्ने उनले थपिन् । एमबाप्पको एग्रेसिव खेल खेल्ने शैली मनपर्ने उनले बताइन् । 

‘‘मैले विश्वकप फुटबल हेर्न थालेको ८ वर्ष भएछ, जब फुटबलको नियम बुझेँ, खेल हेरेँ त्यही दिन देखि पोर्चुगलको बिग फ्यान भएँ’’ उनले भनिन् ।  

सन् २००६ मा दोहामा भएको १५ औँ एशियन गेम्सकी कास्य पदक विजेता तेक्वान्दो क्वीन आयषाले सन् २०१० देखि विश्वकप फुटबल हेर्न थालेको बताइन् । ‘‘मैले विश्वकप फुटबल हेर्न थालेको ८ वर्ष भएछ, जब फुटबलको नियम बुझेँ, खेल हेरेँ त्यही दिन देखि पोर्चुगलको बिग फ्यान भएँ’’ उनले भनिन् ।  

आयषा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको खेल कौशल भन्दा पनि उनले गर्ने कामबाट निकै प्रभावित छिन् ।

‘‘विश्वकप खेल्ने प्रायजसो सबै खेलाडीका शरीरमा ट्याटु देखिन्छ तर रोनाल्डोको शरीरमा कुनै ट्याटुको नामोनिशान देखिँदैन, कारण रोनाल्डोले ‘ब्लड डोनेशन’ जस्तो सामाजिक कार्यलाई पहिलो प्राथमिकतामा राख्छन्’’ शाक्यले बताइन् ।  

सन् २०११ र २०१४ मा काठमाडौंमा नै सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्णधारी शाक्यले अरु देशको तुलनामा पोर्चुगलको जर्सी निक्कै राम्रो लागेको बताइन् । ‘‘पोर्चुगल विश्वकपको नकआउट चरणबाटै बाहिरिएपनि मेरो मनमा पोर्चुगल टिमप्रतिको माया कहिल्यै घट्दैन्’’ उनले भनिन् । 

‘‘विश्वकप खेल्ने प्रायजसो सबै खेलाडीका शरीरमा ट्याटु देखिन्छ तर रोनाल्डोको शरीरमा कुनै ट्याटुको नामोनिशान देखिँदैन, कारण रोनाल्डोले ‘ब्लड डोनेशन’ जस्तो सामाजिक कार्यलाई पहिलो प्राथमिकतामा राख्छन्’’ शाक्यले बताइन् ।  

 

यो पटकको विश्वकपको उपाधि दावेदार मानिएको पोर्चुगल भने प्रि—क्वार्टरफाइनल खेलमा उरुग्वेसँग पराजित हुँदै घर फर्किएको थियो ।

१० औं र १२ औं सागमा रजत पदक जितेकी शाक्यले सन् २००७ मा कोरियामा सम्पन्न छुनछोन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पनि रजत पदक नै जितेकी थिइन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?