सिटिजन लाइफद्वारा एकै दिन १८०० विद्यार्थीलाई बिमा शिक्षा सञ्चालन

लोकपथ
7
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा आज एकै दिन विभिन्न स्कुल कलेजका करिव १८०० विद्यार्थिलाई ‘विद्यार्थीसँग बिमा’ कार्यक्रम संचालन गरेको छ ।

आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बिमाबारे ज्ञान हासिल गरेमा यस प्रति उनिहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभावलाई पूर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमा बारे उनीहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बिमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको “विद्यार्थीसँग बिमा” कार्यक्रमले हाल देश व्यापी रुपमा निकै चर्चा बटुलेको छ ।

यसअघि पनि सिटिजन लाइफले यो जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकैदिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?