काठमाडाैं : दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटकाे माथिल्लो तामाकोशी जलविधुत अायोजनाले अब साउन १६ देखि भदाै १४ सम्म स्थानीय बासिन्दाका लागि साधारण शेयर (अार्इपीअो) बिक्री खुला गर्ने भएको छ।
यसअघि असार २४ गतेदेखि साउन ९ गतेसम्म अार्इपीअोको अावेदन मिति तोकिएको थियो । तर, खेतीपाती गर्ने र पैसा नहुने बर्खायामको समयमा शेयर निस्काशन गरेको जनाउँदै स्थानीयबासी, राजनीतिक दल र विभिन्न समूहरूले माथिल्लो तामाकोशीको शेयर निष्काशनमा अवरोध गरेका थिए ।
जिल्ला समन्वय समिति, दोलखाले तामाकोशीको धितोपत्र निष्काशन र बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनरार्इज क्यापिटललार्इ शेयर अावदेन दिने मिति सार्न पत्राचार नै गरेको छ । सोही पत्रबमोजिम अार्इपीअोको दरखास्त फारम संकलन गर्ने मिति धकेलिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
तामाकोशीले अायोजना प्रभावित र स्थानीय बासिन्दाका लागि कूल साधारण शेयरको १० प्रतिशत हिस्सा छुट्यार्इ असार २४ गतेदेखि अावदेन खोल्न लागेको थियो । १ सय रूपैयाँ अंकित मूल्यको १ करोड ५ लाख ९० हजार कित्ता शेयर स्थानीयलार्इ बेचेलगत्तै सर्वसाधारण नागरिकलार्इ पनि अावेदन खुला गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया