एजेन्सी : चीनको ठूलो व्यापारिक समूहका संस्थापक अध्यक्षको दक्षिणी फ्रान्समा लडेर मृत्यु भएको छ ।
फ्रान्सको भ्रमणमा रहेका ५७ वर्षीय वांग जियानको पारापेटबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोनियुक्स गाउँको तस्विर खिच्ने ठाउँको उच्च पारापेटमा चढेर फोटो खिँचदा लडेर मृत्यु भएको जनाइको छ ।
उनको उद्धार गर्न खोजिएको थियो तर बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
उनले उड्डयन, पर्यटन र वित्त क्षेत्रको ठूलो कम्पनी एचएनएको स्थापना गरेका थिए ।
उनको कम्पनी विश्वकै ठूला कम्पनीहरू मध्येको एक छ ।
यो कम्पनीको शेयर डच बैंक, हिल्टन होटल चेन र लन्डनका गगनचुम्बी महलहरूमा रहेको छ ।
विश्वभर यो कम्पनीमा काम गर्नेहरूको संख्या ४ लाख रहेको छ ।
हाल कम्पनीले देश बाहिरका सम्पत्ति बेच्न योजना बनाइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया