नेपाली अदुवा भारत पठाउन प्रमाणिकरण नचाहिने

काठमाडौं : अबदेखि नेपाली किसान एवं व्यवसायीले प्रमाणिकरण नगरिकनै भारतमा अदुवा निकाशी गर्न सक्ने भएका छन् ।

नेपाल सरकारले भारतीय पक्षसँग अदुवा निकासीमा अवरोधबारे छलफल गरेपछि नेपाली काँचो अदुवा नियार्तमा लगाएको प्रतिबन्ध समेत भारतले फिर्ता लिएको छ । भारतले बर्षेनी नेपाली अदुवा निकाशीमा रोक लगाउँदै अाएको थियो । 

नेपाल-भारत व्यापार सन्धीबमोजिम नेपाली अदुवामाथिको प्रतिबन्ध फुकुवा गरेको भारतले जनाएको छ । यसअघि अदुवा निकासीमा प्रतिबन्ध नभएपनि भारतले अदुवाको व्यापारमा अवरोध गर्दै अाएको थियो । भारतमा अदुवा निर्यात गर्न लार्इसेन्स चाहिने व्यवस्था रहेकोमा अबलार्इ त्यो व्यवस्था हटार्इएको र नेपालको अदुवा प्रमाणीकरणसमेत गर्नु नपर्नेगरि भारतीय पक्षसँग सहमति भएको उद्योग वाणिज्य तथा अापूर्ति मन्त्रालयले जनाएको छ। 

नेपाली अदुवामा चिनियाँ अदुवासमेत मिसिएको अारोप लगाउँदै भारतले नेपालबाट जाने अदुवा अायातमा प्रतिबन्ध लगाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?