‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

लोकपथ
791
Shares

चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन्। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् ।

गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताए ।

“तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह÷समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ”, सपुतले भने । पीरमा प्रतीकात्मकरूपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै गायक सपुतले आत्मालोचनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?