इन्टरनेट उद्यमी किम अमेरिका सुपुर्दगीसम्बन्धी मुद्दा हारे

एजेन्सी : इन्टरनेट उद्यमी किम डटकमले न्युजील्यान्डबाट अमेरिकामा सुपुर्दगी गर्ने मुद्दामा जारी नयाँ कानुनी लडाइ हारेका छन् ।

न्युजील्यान्डको अदालतमा पुनरावेदन गरिएको मुद्दामा भएको फैसला अनुसार डटकम र अन्य तीन जनालाई  कपीराइट  र ठगी मुद्दामा उपस्थित हुन सुपुर्दगी गरिनेछ ।

उनीहरू विरूद्ध मेगाअपलोड वेबसाइटसम्बन्धी मुद्दामा आरोप लगाइएको छ । त्यो आरोपलाई उनीहरूले अस्वीकार गर्दै आएका छन् ।

न्युजील्यान्डको न्यायमन्त्री एन्डरू लिटलले उनीहरूको सुपुर्दगी हुने जनाएका छन् ।डटकम र उनका सहआरोपीहरूसँग एक अन्तिम कानुनी लडाइको विकल्प बाँकी रहेको छ ।

इरा रोहथकनले ट्विटेर न्युजील्यान्डको सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?