एजेन्सी : सोनी पिक्चर इन्टरटेनमेन्टले युट्युबमा नयाँ फिल्मको ट्रेलरको ठाउँमा पूरै फिल्म हालि दिएपछि हजारौंले हेरेका छन् ।
९० मिनेटको “खली द किलर” नामको फिल्मको भिडियो अपलोड गरिएको थियो ।
भूलबस यो हुन गएको थाहा पाइएपछि यसलाई त्यहाँबाट हटाइएको थियो ।
यो गलतीको खबर सीबीआरडटकमले जनाएको थियो ।
यसलाई इपिक मिस्टेक शीर्षक अन्तर्गत यो खबरलाई छापिएको थियो ।
सोनीले यो गलती पहिलो पटक गरेको छैन् ।
यसअघि सन् २०१४मा कम्पनीले हाइप्रोफाइल फिल्म “दि अमेजिंग स्पाइडर म्यान २को पूरै फिल्म पोस्ट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया