पर्सा – नेपालले पहिलोपटक बीरगंजको सिर्सिया सुख्खा बन्दरगाहबाट टर्कीका लागि ५ कन्टेनर धागो पठाउन लागेको छ ।
भोली (असार २३ गते) सिर्सियाबाट पाँचवटा कन्टेनर टर्कीका लागि प्रस्थान गर्ने जनार्इएको छ ।
सिर्सियाबाट छुट्ने सो कन्टेनर भारतको विशाखापट्टनम बन्दरगाह हुँदै टर्की पु-यार्इने मार्कस कम्पनीका प्रतिनिधी शाैरभ सकसेनाले जानकारी दिए ।
नेपालबाट निर्यात हुने सामान यसअघि कलकत्ता बन्दरगाह हुँदै युरोपेली मुलुकमा पठाउँदा लागत र समयावधी बढि लाग्ने गरेको तथा झन्झटिलो हुने गरेको थियो ।
सिर्सियाबाट सामान पठाउँदा यो समस्या हटाउन राहत पुग्ने अपेक्षा व्यवसायीहरूले राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया