काठमाडाैं : बुधबार बसेको मन्त्रीपरीषद्ले अघिल्लो सरकारबाट गरिएका राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पद पनि गुम्ने भएको छ।
साउदलार्इ कांग्रेस नेतृत्वको तत्कालिन सरकारले निर्वाचन अाचारसंहिता लागु भर्इसकेपछि अर्थात गत भदाै असोज २३ गते नेप्सेको सिर्इअोमा नियुक्त गरेको थियो । भदाै १४ गतेदेखि फागुन ३ गतेसम्म निर्वाचन अाचारसंहिता लागु भएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भटाभट राजनीतिक नियुक्ति गरेको थियो ।
भदाैदेखि फागुनसम्मको ७ महिनाको अवधिमा भएका सवै राजनीतिक नियुक्तिहरू बदर गर्ने सरकारको तयारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया