गुडिरहेको गाडी यसरी रोकिएर अष्ट्रेलियामा भयो अचम्म

अष्ट्रेलियाको एक सडकखण्डमा लगाइएको विटुमिन पग्लिएपछि गाडी चलाइएरहेका कयैन चालकहरु आफ्ना गाडी छाड्न बाध्य भए । उनीहरुको गाडीको चक्का अलकत्राले छोपिएर चल्न बन्द भएका थिए ।

रिपोर्ट अनुसार मंगलबार भएको यस घटनामा क्षति भोगेका कम्तिमा ५० गाडी चालकहरुले क्षतिपूर्ति पाउने भएका छन् । 

“मैले कहिले पनि यस्तो देखेको थिइन । हिजो यसबारेमा रिपोर्ट आउन थालेपछि म त चकित परें,” स्थानीय मेयर जोई प्यारोनेलाले भने ।

यो सडक एक हप्तादेखि मात्र संचालनमा आएको थियो ।

यो घटनाको लागि मौसमलाई जिम्मेबार ठानिएको छ ।

स्थानीय बासिन्दा डेबोराह स्टासीले लामो चिसो दिनहरु त्यसपछि शुरु भएको वर्षा र हिजोको चर्को गर्मीको संयुक्त असरले मंगलबार सवारी साधनका चक्कामा अलकत्राको ठूलठूला थेग्राहरु टासिएको बताइन् ।

“एक हप्तासम्म गाडीका सिसा चर्किने जाडो भयो …त्यसपछि सूर्य आउनासाथ यस्तो भयोे,” उनले भनिन् ।

टायरमा अलकत्रा टासिएर कयैन गाडीहरुमा असर परेको छ । यसले गाडीका बम्पर र प्यानेलालाई पनि असर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?