काठमाडौं। उरुग्वेका स्ट्राइकर एडिन्सन कभानी क्वार्टरफाइनलको खेलमा उत्रने भएका छन् ।
बिहीबार देखि शुरु हुने विश्वकपको क्वार्टरफाइनलको फ्रान्सविरुद्धको खेलमा कभानी मैदानमा उत्रने बताइएको हो । नकआउट चरण अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा कभानी घाइते भएका थिए ।
सन् २००८ देखि राष्ट्रिय टिमबाट खेल खेलिरहेका कभानीले ह्यामस्ट्रिङमा चोट लाग्नु अघि दुई गोल गर्दै उरुग्वेलाई क्वार्टरफाइनलको यात्रा तय गराएका थिए । कभानीको मांसपिण्ड सामन्य सुन्निएको तर खासै धेरै रेस्ट गर्न नपर्ने उरुग्वे फुटबल संघले जानकारी दिएको छ ।
सन् २०१४ को ब्राजिल विश्वकपमा भने उरुग्वे नकआउट चरणबाटै बाहिरिएको थियो । सन् २०१० मा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो । उरुग्वे फुटबल टिममा कभानी सबैभन्दा धेरै विश्वकपको खेल खेल्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् ।
टिमका गोलकिपर फर्नान्डो मुस्लेराले एक खेल बढी खेलेका छन् । कभानीले टिमबाट १०५ खेल खेल्दै ४५ गोल गरिसकेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबारबाट क्वार्टरफाइनलका खेलहरु शुरु हुँदैछ ।
निज्नी नोभगोरोड स्टेडियममा पौंने आठ बजे हुने खेलमा उरुग्वेले फ्रान्सको सामना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया