इस्लिङटन कलेज स्थापनाको २५ वर्ष पूरा

लोकपथ
0
Shares

काठमाडौं । इस्लिङटन कलेजले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ ।

स्थापनाको २५ वर्षमा शैक्षिक र व्यावसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएको कलेजको दाबी रहेको छ । सन १९९६ मा स्थापना भएको इस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।

तीन सयभन्दा बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उत्तीर्ण हुँदै आएका छन् । २५ वर्षको यो अवधिमा ५५०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको कलेजको भनाइ छ ।

इस्लिङटन कलेजका अनुसार त्यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरु नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएको र स्वदेशमा मात्र नभइ विदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको बताइएको छ । कोटिभिटीका प्रबन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा भन्छन्, इस्लिङटनबाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।

आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार इस्लिङटन कलेजमा उपलब्ध रहेको कलेजले जनाएइको छ ।

इस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गर्छ । कलेजसँग आबद्ध प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरु नयाँ–नयाँ खोज र अनुसन्धानमा विश्वास गरेको बताइन्छ । जसले सिकाइ र पढाइमा नौलोपन ल्याउने मात्र हाेइन नयाँ–नयाँ सोचको विकास समेत गरिदिन्छ ।

रजत जयन्तीको अवसरमा कलेजले साथ दिने कलेज सञ्चालनका लागि सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?