बुटबल– रुपन्देहीमा एक रिसोर्ट सञ्चालनमा आएको छ । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको बताइएको छ ।
रिसोर्टको आज प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।
०६७ सालमा होस्टेल सञ्चालन गर्ने सोचका अनुसार जग्गा खरिद गरिएपनि ०६८ सालमा हस्पिटालिटी उद्योग सञ्चालन गर्ने योजना कम्पनीले बनाएको थियो । जिल्लाकै ठूलो स्वीमिङ पूल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका हाल ९ वटा वातावरण अनुकुलित बेडरुम रहेका छन ।
७५ कठठा जग्गामा रहेको कम्पनीले निकट भविष्यमानै कलेज र ४५ बेडेका लजका लागि दुई वटा अल अलग भवन बनाउने योजना रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिए । रिसोर्टमा हाल ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया