काठमाडौं। नेपालका लागि थाइल्यान्ड दुतावासको आयोजनामा मुँवा थाई वर्कसप सम्पन्न भएको छ ।
सहभागीलाई लाना फाइटिङका अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावातका सोमको नेतृत्वमा रहेका ४ प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको तीनदिने मुँवा सेमिनारमा खेलाडी, प्रशिक्षक र रेफ्री गरी ६० जनाको सहभागिता रहेके थियो ।
सेमिनारमा मुँवा थाईमा आएको नयाँ नीति नियम, इतिहास धरातल, प्रशिक्षण शैली र विभिन्न प्रकारका टेक्निक्स बारे प्रशिक्षण दिएको राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।
सहभागीलाई सांसद अमृता थापाले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया