पोखरा। एशियाली खेलमा जान बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई बिहिबार पोखरामा न्यूट्रिशियन ‘पोषण’ सम्बन्धी जानकारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्द्धारा आयोजित उक्त कार्यक्रममा पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षक गरि २१ जना लगायत स्थानिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको थियो ।
पोषण विद कृष्ण प्रसाद लम्सालले सो अबसरमा खेलमा पोषण शैलीले निकै नै प्रभाव पार्ने बताए । खेलमा पोषण शैलीले पदकको सम्भावनालाई समेत प्रभाव पार्ने हुनाले यो बास्तबिकता निति निर्माता तह सम्म बुझ्न आवश्यक रहेको बताए ।
खेलमा जस्तै खेलाडीले आफ्नो पोषण युक्त आहारमा समेत ध्यान पूर्याउनु पर्ने कुरामा उनले जोड दिए । परिषद्का उप निर्देशक बाबुराम नेपालले एशियाडका लागि तयारीमा रहेका विभिन्न खेलका १ सय ८१ जनालाई पोषण सम्बन्धी जानकारी दिइएको बताए ।
उनले एशियाडमा तयारीमा रहेका खेलाडीलाई यो कार्यक्रमले सहयोग पुग्ने बताए । साउन महिना देखि सबै खेलाडी वैदेशिक प्रशिक्षणमा जाने भएकोले पनि यो जानकारी प्रभावकारी हुने उनको भनाइ छ ।
परिषदले विराटनगर, काठमाडौ, महेन्द्रनगर र पोखरामा गरि चार ठाउँमा उक्त प्रशिक्षण दिएको हो ।
यि चारै स्थानमा एशियाडमा जाने खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन । पोखरामा कराते र प्याराग्लाइडिङका खेलाडीहरु बन्द प्रशिक्षणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया