रुस विश्वकप पुरूष संवाददातालाई महिला फ्यानले चुमेपछि चीनमा विवाद

एजेन्सी : दक्षिण कोरियाका एक पुरूष संवाददातालाई महिला फुटबल प्रशंसकहरूले चुमेको विषय चीनको सामाजिक सञ्जालमा विवादित बनेको छ ।

त्यो विषयलाई यौन उत्पीडनको विवादको रूपमा देखिएको छ ।

दक्षिण कोरियाली टेलिभिजन च्यानल एमबीएनका रिपोटर जिओन ग्वाङ रेओलले  २८ जुनको समाचार प्रसारणमा रुसबाट रिपोर्टिंग गरिरहेका थिए ।

त्यसबेला  रुसी महिला प्रशंसकहरूले उनको गालामा  पटक पटक म्वाइ खाएकी थिइन् ।

भिडियो क्लिपमा महिला प्रशंसकले म्वाइ खाएको बेला रिपोर्टरको अनुहार हँसिलो देखिएको थियो तर त्यसको केही दिनपछि आफ्ना प्रशंसकहरूको आलोचना बढदै गएपछि उनी पीडित बन्न पुगेका छन् ।


चीनको सामाजिक सञ्जाल विइबोमा त्यसका उपयोगकर्ताहरूले पुरूषको गालामा त्यसरी म्वाइ खाइदिएको विषय किन महिलाको विरूद्ध आलोचनाको विषय बन्न नसकेको बहसलाई अगाडि

बढाइदिएका छन् ।

एकले भनेका छन् “ यो विषय यौन उत्पीडनको विषय किन छ्रैन?” अर्काले भिडियोमा केटोको अनुहार हँसिलो देखिएकोले यो यौन उत्पीडनको विषय बन्दैन भने जवाफ फर्काएको छ ।

विगत केही महिनायता यौन उत्पीडनको विषय चिनियाँ समाजिक सञ्जालमा बहस हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?