एजेन्सी : अमेरिकी अधिकारीहरूले आप्रवासी परिवारबाट छुट्टयाइएका बालबालिकाहरूको डीएनए परीक्षण गर्न आदेश दिएका छन् ।
अमेरिका मेक्सिको सीमाबाट अवैधरूपमा प्रवेश गर्न खोजेका परिवारहरूका बालबालिकाहरूलाई उनीहरूबाट छुट्टयाएर राखिएको छ ।
उनीहरूको पुनर्मिलनका लागि डीएनए परीक्षण गर्न यो आदेश दिइएको हो ।
अमेरिकाको स्वास्थ्य मन्त्री अलेक्स अजरले परिवारहरूसँगको पुनर्मिलनका लागि यो परीक्षण आवश्यक भएको जनाए ।
छुट्टयाइएर राखिएका ती बालबालिकाहरूमा १०० बालबालिका पाँच वर्ष मुनिका रहेहका थिए ।
अधिकारकर्मीहरूले डीएनए परीक्षणको आँकडा सरकारले अन्य उद्देश्यका लागि गर्न लागेको त होइन भनेर चिन्ता व्यक्त गरेका छन् ।
साथै डीएनए परीक्षणका लागि बालबालिकाहरू धेरै कम उमेरको भएको उनीहरूले आलोचना गरेका छन् ।
३ हजार बालबालिकाहरूलाई उनीहरूका आमाबाबुसँग छुट्टयाइएर राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया