काठमाडौँ । बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । बिहान ७ बजेदेखि गएको बत्ती साँझ ५ बजेपछि मात्रै विद्युत् आउने छ ।
वितरण प्रणालीको नियमित मर्मत तथा सडक विःतारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनःथली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विःतारका लागि बालाजु सवःटेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गरिएको छ ।
बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला :कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ ।
यःतै बालाजु–धर्मःथलीअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विःतार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया