काठमाडौं । झण्डै तीन महिना लगाएर छायांकन सकिएको फिल्म ‘नालापानी’ छायांकनमा पुगेको छ । चलचित्रको युनिट भीएफएक्स टिमसहित सम्पादनमा बसेको हो ।
नेपाली योद्धाको वीरतामाथि बन्ने यो फिल्म रिलिज अघि नै चर्चामा छ । निर्देशक रिमेश अधिकारीले फिल्म नेपालीका लागि उदाहरण बन्ने धारणा व्यक्त गरे ।
२ सय ४ वर्षअघिको कथालाई लिएर निर्माण गर्न लागिएको यो फिल्ममा भीएफएक्सको व्यापक प्रयोग गरिने भएको छ । निर्माता मनोज शाक्यका अनुसार फिल्ममा ऐतिहासिक स्थलमै छायांकन गरिएको छ ।
प्राचार्य रामराजा कुँवर, प्राचार्य डाक्टर धनबहादुर कुँवरद्वारा लिखित पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित रहेर फिल्म निर्माण गरिएको हो । चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, पूजना प्रधान, हिकमत थपलिया लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचिलाई रिमेश अधिकारी र कृष्ण आचार्यले लेखेका हुन् भने भने मनोज शाक्यले निर्माण गरेका हुन् । अच्युत गजुरेलले भीएफएक्स तथा सम्पादन गर्ने यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया