अमृत जीवन माध्यमिक विद्यालय प्युठानमा दैनिक विद्यार्थी बेहोस हुँदै

काठमाडौं । प्युठानको अमृत जीवन माध्यमिक विद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । जिल्लाको गौमुखी–७ स्थित विद्यालय कक्षा कोठामा विद्यार्थी अचेत हुँदा पठनपाठन प्रभावित भएको छ ।

असार सात गतेबाट विद्यार्थी दैनिक बेहोस हुने समस्या देखिएको थियो । 

विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीका अनुसार यो घटना एक वर्ष अगाडी पनि भएको थियो । उतीबेला कम विद्यार्थीलाई भएको र स्थानिय डाक्टरको उपचार पश्चात समस्या हल भएको उनले बताए । 

बिहिवार सम्मको रिपोर्ट अनुसार ४८ जना विद्यार्थी विद्यालयमा बेहोस भएका छन् । त्यस मध्य ३७ जना छात्रा र ११ जना छात्र रहेका छन् । त्यसले गर्दा ३ हप्ता देखि विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । 

अभिभावकको भनाइ अनुसार घरमा हुँदा सामान्य हुन्छ तर विद्यालय आँउदा परिस्थिती जटिल बन्छ । ३ हप्ता देखि देखिएको यो समस्यालाई सम्बन्धित पक्षले ध्यान नदिँदा स्थिति भयावह बनेको छ । 

स्वास्थ्यकर्मीहरुका अनुसार यो मनोवैज्ञानिक रोग भएकाले नआत्तिन र नअतालिन आग्रह गरेका छन् । केहि दिन विद्यालय बन्द राखेर ती मनोवैज्ञानिक समस्याबाट प्रभावित विद्यार्थीलाई शान्त वातावरणमा छाड्दिन पर्ने उनीहरुको सुझाव रहेको छ ।

घटनाले भयाभह रुप लिएपछि विहिवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी, स्वास्थ्यकर्मी सहितको टोली समस्याबारे थप बुझ्नका लागि त्यहा पुगेको थियो । घटनाबारे प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ मनोवैज्ञानिक चिकित्सकलाई तत्काल बोलाउने बताए ।  

सात कक्षाभन्दा मुनि अध्ययनरत ७ देखि १५ वर्षका छात्रछात्रा दैनिक १ र २ घण्टासम्म बेहोस हुने गरेको उनले बताए ।  यस अघि पनिकक्षा ३ कि ९ वर्षिया छात्रा बिमला बिक अचेत  भएकी थिइन । त्यस्तै पछिल्लो दुई सातायता दिनहु ४–५ जनाको संख्यामा विद्यार्थी  बेहोस हुने गरेको विद्यालयले जनाएको छ । बेहोस हुनेमा अधिकांश छात्रा रहेको बताए । बेहोस हुँदा शरीर कांप्ने, पेट दुख्ने, रिगंटा लाग्ने र बेहोस भएपछि चिच्चाउने कराउने मान्छे नचिन्ने लक्षण देखा परेको विद्यालय बताउँछन् । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने एउटै लक्षण देखिएको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?