जबर्जस्ती करणी पछि युवती हत्या अभियोगमा ५ जना पक्राउ

असार १२ गते हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षिया माया विकको जबर्जस्ती करणी पछि हत्या अभियोगमा प्रहरीले आज कैलालीमा ५ जना लाई पक्राउ गरेको छ । 

प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका मुख्य योजनाकार गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी,  १९ वर्षका तपेन्द्र बोगटी र २० वर्षका भुवन खाती रहेका छन् ।

उनिहरु लाई आजै जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।  

पक्राउ परेका मध्य  गणेश बडुवाल योजनाकार रहेको कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेले बताए  ।

मृतक युवतीको शव गौरीगंगा नगरपालिका पञ्चवटी सामुदायक बनमा फेला परेको थियो ।

विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए  ।

विकको शव घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो ।

बीच जंगलमा दोपट्टाले घाँँटी र सुरुवालले दुवै हात पछाडि बाँधिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

गौरीगंगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक  सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।

घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शव भेटिएकाले बलात्कार पछि हत्या भएको हुनसक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 हत्या आरोपित बडुवाल र सुरज चौधरी समेत तथ्याङ्क संकलन गर्ने कार्य गर्दै आएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?