माल्याको सम्पत्ति बेचेर बैंकले उठायो ९ अर्ब ६३ करोड भारु, यसरी डुबाएका थिए बैंक

नयाँदिल्ली । बैंक डुबाएर फरार भारतीय व्यापारी विजय माल्याको सम्पत्ति लिलामीमा बैंकहरु लागेका छन् । बैंकहरुले उनको मौजुदा सम्पत्ति बेचेर ९६३ करोड भारु असुल गरेको छन् । 

स्टेट बैंक अफ इन्डियाका एमडी अरिजित बसुले शुक्रबार यसको जानकारी दिएका हुन् । बसुका अनुसार उनको लण्डमा रहेको भनिएको सम्पत्ति बारे पनि खोजतलास भइरहेको छ । 

बेलायती हाइकोर्टले माल्याको  त्यहाँ रहेको सम्पत्तिको खोजी गर्न अनुमती दिइसकेको छ । योसँगै उनको सम्पत्ति खोजेर भारतले फ्रिज गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?