गाउँका समस्या समेटिएको जनचेतनामूलक सडक नाटक ‘छिनोफानो’ पञ्चकन्यामा प्रदर्शन सुरु

लोकपथ
1.8k
Shares

नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक सडक नाटक ‘छिनोफानो’ पञ्चकन्या गाउँपालिकामा प्रदर्शन सुरु भएको छ ।

स्थानीय उपभोक्ता समिति गठनमा हुने झैझगडा, विभिन्न सामाजिक समस्याहरु लगायतको विषय समेटिएको नाटक गाउँपालिका भित्रका ९ वटा माविहरुमा प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताए। विष्टले भने, ‘गाउँमा अझै पनि उपभोक्त समिति कसरी गठन गर्ने भन्ने विषयमा अन्योलको अवस्था छ । उपभोक्ता समिति गठन, यसको काम कर्तव्य र अधिकारको बारेमा जानचेतना जगाउन पर्ने अवस्था रहेका कारण हामीले यो विषयमा नाटक प्रदर्शन गरेका हौँ ।’

‘गाउँहरुमा अझै पनि समस्याहरु छन् । अशिक्षाका कारण, राजनीतिका कारण तसर्थ ती समस्याहरुको समाधानको निम्ती सूचना र जनचेतनाको प्रभावकारी माध्यम नाटक हो भन्ने हामीले बुझेका छौँ । समुदायमा रहेका बिभिन्न समस्याहरुको र सरकारी बजेटको सही सदुपयोग उपभोक्त समितिबाट काम गर्दा हुन्छ भन्ने सन्देस छिनोफानोले दिएको छ ।’ पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्काले भनिन् ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक छिनोफानोमा सुशीलसिंह ठकुरी, सालिक भण्डारी, रिता थापा, शान्ति भट्टराई, दीपमाला परियार, अमृता श्रेष्ठ र रमण थामीको अभिनय रहेको छ । नाटक चैत्र ६ गते देखि चैत्र ११ गतेसम्म पञ्चकन्या गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिने जानकारी गाउँपालिकाकी कर्मचारी एवम् नाटक प्रदर्शन कार्यक्रमकी सहजकर्ता सुलोचना गजुरेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?