रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत खेलको पहिलो हाफसम्म फ्रान्सले १—० को अग्रता बनाएको छ ।
यि दुई टिमविचको खेल निज्नी नोभ्गोरोड स्टेडियममा भइरहेको छ । खेलको पहिलो हाफसम्म फ्रान्सले उरुग्वेलाई १—० ले पछि पारेको छ ।
खेल सुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै उरुग्वेले फ्रान्सको गोल पोष्टमा चार्ज गर्यो। उरुग्वेका भरपर्दा फरवार्ड लुइस स्वारेज काउन्टर एट्याकमा चुके । प्रतिस्पर्धात्मक खेलको ३३ औ मिनेटमा केलियन एमबाप्पले यल्लो कार्ड खाए । पहिलो हाफको खेलमा एडिन्सन काभानी मैदान बाहिर थिए ।
पोर्चुगलविरुद्धको प्रि—क्वार्टरफाइनल खेलका दौरान काभानी घाइते भएका थिए । फ्रान्सका लागि खेलको ४० औं मिनेटमा राफेल भरानले गोल गरेका थिए । उनले फ्रिकिकमार्फत गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया