काठमाडौं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले अनुमति मागेको ७ महिनापछि बल्ल एनसीसी बैंकलार्इ ५० प्रतिशत हकप्रद शेयर बेच्न स्वीकृति दिएको छ ।
केन्द्रीय बैंकले बाणिज्य बैंकहरूको चुक्ता पूँजी ८ अर्ब पु-याउन निर्देशन दिएपछि एनसीसीले ८ महिनाअघि हकप्रद शेयर बिक्रीका लागी धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
हकप्रद शेयर जारी गर्ने अनुमति पाएसँगै अब एनसीसीले अाफ्ना शेयरधनीलार्इ २:१ अर्थात दुर्इ कित्ता बराबर एक कित्ता शेयर दिनेछ । यो शेयरको मूल्य प्राथमिक निष्काशनकै बराबर अर्थात सय रूपैयाँ पर्नेछ ।
एनसीसीले कूल २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर बेच्नेछ । सनरार्इज क्यापिटललार्इ एनसीसीले बिक्री प्रबन्धकको जिम्मा दिएको छ ।
हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रूपैयाँ रहेकोमा हकप्रद बिक्री भएपछि ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रूपैयाँ पुग्नेछ । चुक्ता पूँजीको सिमा भेट्न अपुग रकम बैंकले बोनस शेयरमार्फत मिलान गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया