रसिया। इंग्ल्याण्ड जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सामरा स्टेडियममा शनिबारराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीडेनलाई २—० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । सन् १९९० पछि इंग्ल्याण्ड पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको ३० औं मिनेटमा इंग्ल्याण्डका ह्यारी मागुवाइरले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कर्नरबाट आएको बललाई सदुपयोग गर्दै हेडमार्फत उत्कृष्ट गोल गरे ।
रोमाञ्चक खेलको पहिलो हाफसम्म एक—शुन्यको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो हाफमा गोल गर्यो । खेलको ५९ औं मिनेटमा डेलेले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे ।
उनले जेसी लिङगार्डले दिएको क्रस पासलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।
निर्धारित समयसम्म स्वीडेनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २—० ले हार्यो। हारसँगै स्वीडेन प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया