एजेन्सी : फेसबुकका संस्थापक मार्क जुकरबर्गले विश्वका तेस्रा धनी वारेन बफेटलाई सम्पत्तिमा टपेका छन् ।
प्रविधि क्षेत्रकका व्यवसायी अमेजनका संस्थापक जेफ बेजोस र माइक्रोसफ्टका संस्थापक बिग गेट्स भन्दा मात्र सम्पत्ति जोडन पछाििड परेका छन् ।
ब्लुमबर्गको अर्बपत्तिको सूचीमा विश्वका सर्वाधिक तीन धनीहरूमा प्रविधि क्षेत्रका व्यवसायीहरूले कब्जा जमाए । फेसबुकको शेयर २.४ प्रतिशतले माथि उक्लिएपछि जुकरबर्गको सम्पत्तिमा बृद्धि भएको हो ।
३४ वर्षीय जुकरबर्गको सम्पत्ति ८१.६ अर्ब पुगेको छ ।
८७ वर्षीय बफेटको सम्पत्ति भन्दा जुकरबर्गको सम्पत्ति ३७ करोड ३० लाख अमेरिकी डलर बढी छ ।
डेटाको गोपनीयतासम्बन्धी विवादमा जुकरबर्गको अभिव्यक्तिबाट लगानीकर्ताहरूले विश्वास गरेपछि उनको घटदो सेयर मूल्यमा बृद्धि हुन पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया