काठमाडाैं : 'माफिया'हरूले चाहेअनुसार मेडिकल कलेज खोल्ने र सरकारविरूद्द शिंहदरबार वरिपरि अाक्रोश पोख्न नपाउने गरि निषेधित क्षेत्र तोकेसँगै चर्को सार्वजनिक अालोचना खेपिरहेका प्रधानमन्त्री के.पी. शर्मा अोलीले यी निर्णयबाट अाफु पछि नहट्ने बताएका छन् ।
प्रदेश नम्बर २ को विकासबारे छलफल गर्न अाएका सांसदहरूसँग अोलीले शनिबार कुरा गर्दै 'कसैले भन्दैमा निषेधाज्ञा नहट्ने' अभिव्यक्ति दिएको सांसदहरूले लोकपथलार्इ जानकारी दिए । अाफुले एकपटक निर्णय गरेपछि त्यसमा कुनै पुनर्विचार नहुने बताएका अोलीले 'जहाँ मन लाग्यो, त्यहीँ प्रदर्शन गर्न नपार्इने' र 'लोकतन्त्रलार्इ छाडातन्त्रका रूपमा लिन नहुने' बताएका छन् ।
अधिकांश मेडिकल कलेज राजधानी केन्द्रीत रहेकाले मुलुकका दुर्गम स्थानमा पनि चिकित्साशास्त्र अध्ययनको अवसर दिनुपर्ने माग गर्दै अामरण अनशन बसिरहेका डा. गोविन्द के.सी. माथि पनि अोलीले सत्तावाण प्रहार गरेका छन् । कसैले अनशन बस्दैमा काठमाडाैंमा १० बर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने अोलीले बताएको सांसदहरूले जानकारी दिए ।
अनशनरत डा. के.सी. ले जनताले तिरेको करबाट तलब खाएको तर्क गर्दै अोलीले गाेविन्द के.सी.लार्इ राजनीति नै गर्न मन लागेको भए पार्टी प्रवेश गर्नुपर्ने छेड हानेको प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक सांसदले लोकपथलार्इ जानकारी दिए ।
''सरकारमाथि लागेको अधिनायकवादीको अारोपबारे अाफैंले खण्डन गर्दै अोलीले अाफु पनि लडेर अाएकाले अधिनायकवादको कल्पना समेत गर्न नसक्ने वाक्य दोहो-याए,'' प्रधानमन्त्रीसँगको भेटघाटमा सहभागी एक सांसदले भने ''डा. गोविन्द के.सी. लार्इ कांग्रेसले उचालेर अनशन बस्न लगाएको जस्तो अाशय प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।'' अोलीले काठमाडाैंमा मेडिकल कलेज खोल्ने काम कसैले रोक्न नसक्ने बताएको ती सांसदले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया