एजेन्सी : लेबनानको एक शहरका मेयरले सेक्सी पुलिस फोर्स बनाउने चाहना व्यक्त गरेका छन् ।
ब्रउमाना शहरका मेयरले सुन्दर युवतीहरूलाई त्यहाँका प्रहरी अधिकारीलाई सघाउन भर्ना गरेका छन् ।
गर्मीको मौसममा ती युवतीहरूका लागि तयार पारिएका पोशाक छोटा छन् ।
तर तिनका पुरूष सहकर्मीका लागि पूरा पाइन्ट पोशाकमा समावेश गरिएको छ ।
मेयरको यो गतिविधिबाट प्रेस र समाजिक सञ्जालमा बहस उत्पन्न भएको छ ।
केहीले यो गलत भएको बताउँछन् भने केहीले यसलाई सही बताउँछन् ।
मेयरले भने यो सही भएको बताउँछन् । उनी भन्छन् “ मैले आफ्नो शहरमा अन्तर्राष्ट्रिय मिडियाको ध्यान तान्ने काम गर्दै आएको छु ।
समय बदलिरहेको छ ।
महिलाहरू स्वतन्त्र भइरहेका छन् ।
तपाईको चाहना कुरूप हुन्छ कि सुन्दरश्र? निसन्देह तपाई सुन्दर खोज्नु हुन्छ होला?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया