काठमाडौं । रसियामा जारी फिफा विश्वकप फुटवलको क्वार्टरफाइनल संस्करण शनिबारराति मात्र सम्पन्न भयो ।
आगामी मंगलबारदेखि शुरु हुने पहिलो सेमिफाइनल खेलमा पूर्वविश्व विजेता फ्रान्सले बेल्जियमको सामना गर्नेछ भने अन्तिम सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसियमा आमने—सामने हुनेछन्।
यता उपाधिको दाबेदार मानिएको टिम ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना लगायतका केही राष्ट्रहरु प्रतियोगिताबाट बाहिरिदा फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया भने अन्तिम चारमा पुगिसकेको छ ।
विश्व नै यतिबेला फुटबलमय बनिरहेको बेला केही लक्की नेपाली खेल समर्थकहरुले पनि विश्वकपलाई नजिकबाट नियाल्ने अवसर पाएका छन् ।
कोकाकोलाले आयोजना गरेको ‘कोक खाम् रसिया जाम्’ अभियानका विजेताहरुले रसियामा चर्चित टिमहरुको खेल मात्र हैन् स्टार खेलाडीहरुको खेल कौशल पनि नजिकैबाट हेरेर फर्किएको कुरा पत्याउन सकिरहेका छैनन् ।
विश्वकप फुटबल हेर्न रसिया पुगेका नेपालीले यसरी आफ्नो अनभब सुनाएः
नरेश जोशी
रसिया विश्वकप हेर्न जाने बेलाभन्दा फर्किए पछि बढी उत्साहित भइरहेको छु । आफ्नो फोटोहरु हेर्दा अब फेरि रसिया जान पाए हुन्थ्यो जस्तै लागी रहेको छ । मलाई अब बल्ल फुटबल प्रति बढी इन्ट्रेस्ट लागिरहेको छ । टिभीमा म्याच हेर्दा म त्यो ठाउँमा पुगेर आइसकेको छु भन्ने फील हुन्छ । स्टेडियममा पुग्दा र त्यँहाको माहोल सम्झिँदा त अहिले पनि उत्साहित हुन्छु । हामिसँगै गएका केही साथिहरुले नेपालको झन्डा पनि लिएर जानु भएको थियो । स्टेडियममा थुप्रै देशका दर्शकहरु आउनु भएको थियो र सबैले आ–आफ्नो देशको झन्डा बोकेर आउनु भएको थियो । हाम्रो झन्डा सबै भन्दा ठुलो र फरक आकारको थियो, त्यो झन्डा त्यहाँ लहराउँदा सार्है गर्व महसुस भयो । कोकाकोलाले गर्दा त्यहाँसम्म पुग्न पाइयो र कहिले न सोचेको विश्वकप हेर्ने मौका जुर्यो ।
पुष्पा श्रेष्ठ
रसिया विश्वकप हेरेर आए निकै नै खुशी छु । कोकाकोलाबाट फोन आउँदा त बिश्वास नै लागेको थिएन । आमाको मुख हेर्न बिराटनगर गएकी थिए कोकाकोलाबाट फोन आएपछि खुशीले गर्दा अर्को दिनको बिहानैको उडान लिएर काठमाडौँ फर्की हाले । म धेरै पटक विदेश भ्रमणमा गैसकेकी छु र अरु पनि प्लान गर्दैछु । तर विश्वकप हेर्ने त कहिले सोचेको पनि थिईन । हामी आम नेपालीका लागि त त्यो एउटा सोच भन्दा पनि बाहिरको कुरा हो । विश्वकप मात्र नभई हामीले रसियाको सिटी टुर पनि गर्ने मौका पायौं । रसिया पुग्दा कुनै उत्सव या चाडपर्वमा आए जस्तै लाग्यो । त्यहाँको माहोल निकै रमाइलो र उत्सवमय थियो । कुनै मेलामा पुगे जस्तै लाग्यो । स्टेडियममा छिर्दा त झन कहाँ छिरेजस्तो फिल भयो । मेरो त परिवार नै सार्है खुसी छ , मैले यस्तो मौका पाएकोमा । म आशा राख्छु कि कोकाकोलाले भविष्यमा पनि यस्ता वान्स–इन–अ–लाईफ टाईम अवसर फेरि फेरि ल्याउने छ ।
उदिप बराल
म फुटबलको निकै ठुलो फ्यान हूँ । तर विश्व कप हेर्न जान्छु होला जस्तो कहिल्यै लागेको थिएन । यसको बारेमा त कहिले सोचेको पनि थिएन । यो मेरो सोच भन्दा बाहिरको कुरा थियो । जब मलाई कोकाकोलाबाट फोन आयो पछि मेरो खुशीको सीमा नै थिएन । रसिया पुग्दा त कस्तो भयो भन्नै सक्दिन । यो मेरो जीवनकालको सबै भन्दा यादगार र अविस्मरणीयपल थियो । स्टेडियमबाट मेस्सीलाई देख्दा एकछिन बिश्वास नै लागेन । कहिले विदेश गएको थिइन । त्यहाँको माहोल देखेरै म त दङ्ग परे । कोकाकोलाले मलाई मेरो जीवनको सबै भन्दा ठुलो उपहार दिएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया