एजेन्सी : भारतले रुसलाई पाँचौ पुस्ताको लडाकु विमान खरिद गर्ने विषयमा अनिच्छा जाहेर गरेको छ ।
ठूलो लागतको यो खरिद परियोजनाबारे भारतले पुनर्विचार गर्न लागेको आधिकारिक स्रोतले जनाएको छ ।
तर यी दुई देशबीचको धेरै महत्वांकाक्षी परियोजना भने पूर्णरूपमा बन्द सकेको छैन् ।
भारत र रुसले अन्तर सरकारी सम्झौता २००७मा हस्ताक्षर गरेका थिए ।
यो सम्झौताले भारत र रुसबीचको सैनिक सम्बन्ध नयाँ रणनीतिक चरणमा पुगेको दुबै पक्षले जनाएका थिए ।
यो परियोजना ११ वर्षका लागि थियो । यो परियोजनाको लागत मुल्यका विषयमा गम्भीर मतभेद देखिएको छ ।
यो परियोजनाको कुल लागत करिब ३० अर्ब अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ ।
सन् २०१०को डिसेम्बरमा भारतले यो परियोजनाका लागि लडाकु विमानको प्रारम्भिक डिजाइन गर्न २९ करोड ५० लाख आमेरिकी डलर भुक्तानी दिन सहमत भएको थियो ।
पछि दुबैले पहिलो चरणको फाइनल डिजाइनका लागि ६ अर्ब अमेरिकी डलर दिन सहमत जनाएका थिए ।
तर यसबारे निर्णायक सम्झौतामा हस्ताक्षर गरिएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया