एजेन्सी : चीनका राष्ट्रपति सी जिनपिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले पूर्वी अफ्रिकाको उदाउँदो बजारमा प्रतिस्पर्धा गर्न खोजेको देखिएको छ ।
जुलाईको अन्त्यतिर दक्षिण अफ्रिकामा उदीयमान बजारको समूह ब्रिक्सको शिखर सम्मेलन हुने भएको छ ।
त्यो सम्मेलन हुन अघि यी दुई नेताले पूर्वी अफ्रिकी देशको भ्रमण गर्न लागेका हुन् ।
रवान्डा र उगान्डाको भ्रमण गर्दै यी दुई नेताले जुलाई २५मा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने योजना बनाएका छन् ।
मोदीले यी दुई अफ्रिकी मुलुकको भ्रमण पहिलो पटक गर्न लागेका हुन् ।
मोदीले रवान्डाको राजधानी किगालि राष्ट्रपति सी पुग्न एक दुई दिन अघि पुग्न खोजिरहेको स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सीको रवान्डा भ्रमण पनि पहिलो हुने देखिएको छ ।
यी दुई अफ्रिकी देश कमनवेल्थका सदस्य रहेका छन् । यो कमनवेल्थ देशमा भारत एक प्रभावशाली देश रहेको छ ।
पूर्वी अफ्रिका उदाउँदो बजार हुने देखेर चीन र भारतले प्रतिस्पर्धा गरिरहेका छन् ।
अफ्रिकासँग चीनको व्यापार आयतन भारतको भन्दा दोब्बर छ ।
यो क्षेत्र रणनीतिकरूपले महत्वपूर्ण रहेकाले भारत र चीन दुवैले यहाँ आफ्नो प्रभाव विस्तार गर्न खोजेका छन्
चीनले उगान्डामा एक्ले करिब ३ अर्ब अमेरिकी डलर बराबरको लगानी लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया