काठमाडौं : प्रभु बैंकले यसअघि नबिकेको हकप्रद शेयर लिलामी अाज (सोमबार) देखि खोल्ने भएको छ । शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा विहान १० बजेदेखि लिलामी बोलपत्र खोल्ने बैंकले जानकारी दिएको छ ।
प्रभुले संस्थापक समूहको १५ लाख ६० हजार २ सय ३ कित्ता र सर्वसाधारणतर्फको ६ लाख ७१ हजार ६२ कित्ता शेयर लिलामीमा राखेको हो ।
माघ ७ गतेदेखि फागुन १३ गतेसम्म प्रभुले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर जारी गरेको थियो । तर, २ करोढ १२ लाख ९४ हजार ३ सय ४३ कित्तामा मात्र अावेदन परेपछि बैंकले बिक्न बाँकी शेयरलार्इ लिलामीमा राखेको हो ।
हाल ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ चुक्तापूँजी रहेको प्रभुको शेयर लिलामीपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८ सय रुपैयाँ पुग्ने जनार्इएको छ । प्रभु बैंकको प्रतिशेयर अाम्दानी १४ रूपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ४२ रूपैयाँ ५२ पैसा कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया