काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको दाबी गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपति कोइरालालाई क्यानडामा आयोजित कार्यक्रममा जान रोक नलगाएको अाशय उल्लेख गरेको छ ।
कोर्इरालाले प्रचलित कानूनबमोजिम विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको मन्त्रालयले जनाएको छ ।
विदेश भ्रमणका लागि अनुमति माग्न जाँदा उपकुलपति कोर्इरालालार्इ प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एक घण्टा थुनेर राखिएको थियो ।
प्राज्ञमाथि प्रधानमन्त्री निवासमै दुर्व्यवहार भएपछि वर्तमान सरकारले थप सार्वजनिक अालोचना खेपिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया