काठमाडाैं : अर्थ मन्त्रालयले मन्त्रीपरीषद्को निर्णय कार्यान्वयन गर्न भन्दै नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिर्इअो) चन्द्र साउदलार्इ बर्खास्तीको पत्र काटेपछि साउदले सरकारी निर्णयको विरोधमा अदालत जाने बताएका छन् ।
सरकारले अाफुमाथि अन्याय गरेको जनाउँदै साउदले अाफू खुला प्रतिष्पर्धाबाट नै नेप्सेको नेतृत्वमा अाएको, तर सरकारले नियुक्ति बदर गरेकाले कानूनी परामर्शपछि अदालत जाने बताएका छन् ।
गत बुधबार बसेको मन्त्रीपरीषद्को बैठकले पूर्ववर्ती कांग्रेस नेतृत्व सरकारले गरेका सवै राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय लिएको थियो । सोही निर्णयअनुसार अर्थले अार्इतबार साउदको नियुक्ती बदर गरेको हो ।
८ महिनाअघि साउदलार्इ तत्कालीन सरकारले नेप्सेको सिर्इअोमा नियुक्त गरेको थियो । साउदको बर्खास्तीसँगै हाल अर्थले उपसचिव रमेश अाचार्यलार्इ नेप्सेको सिर्इअोको जिम्मेवारी तोकेर पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया