ट्रम्पले युरोपबाट सेना फिर्ता गर्ने आशंका

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनबाट सेना फिर्ता गर्ने र नेटोसँगको संयुक्त सैनिक अभ्यास अस्वीकार गनेए आशंका गरिएको छ ।

बेलायत र अन्य युरोपेली देशहरूले प्रतिरक्षा खर्चमा बृद्धि गर्ने प्रतिबद्धता नजनाए ट्रम्पले यस्तो गर्ने सैनिक अधिकारी र कुटनीतिहरूले आशंका गरेका छन् ।

यो साता नेटोको शिखर सम्मेलन भइरहेको छ । युरोपका नेताहरूले ट्रम्पको प्रस्ताव अस्वीकार गरे  उनले सैनिक सुरक्षाबाट आफ्नो सहभागीता हटाउने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरो अगाडि बढाउने भएका छन् ।

सैनिक र कुटनीतिक क्षेत्रका व्यक्तिहरूले आंशका गरे अनुसार ट्रम्पले ब्रसेल्समा सम्पन्न हुने नेटो शिखर सम्मेलनको चार दिन पछि हेल्सिंकीमा पुटिनसँग भेटवार्ता गर्ने योजना बनाएका छन् ।

अमेरिकाका लागि बेलायती राजदूतले केही नीतिगत मतभेद रहेको भएपनि अमेरिका र बेलायतबीचका समबन्ध अझ बलियो रहेको बताए ।

अमेरिकी सेनाको तैनाथी युक्रेन, पोल्यान्ड, जर्मनी, लिथुआनिया, लातिभिया, इस्टोनियाका हवाई अड्डाहरूमा रहेको छ ।

गत महिना अमेरिकी नेतृत्वमा नेटोको संयुक्त सैनिक अभ्यास भयो । यो अभ्यासमा १८००० सेनाले भाग लिएका थिए ।

उता इजरायले सिरियामा इरानको उपस्थितिलाई खतरा मानेको छ ।

बेलायती प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायती प्रधानमन्त्री मे र अमेरिकी राष्ट्रपति ट्रम्पलाई सहयोग सूचीमा रुसी राष्ट्रपति पुटिनलाई पनि समावेश गर्नुपर्ने आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?