काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीहरूलार्इ साउन १३ गतेदेखि १००% हकप्रद बेच्ने भएको छ ।
अाफ्नो संस्थाको १ कित्ता शेयर हुनेलार्इ १ सय रूपैयाँमा थप १ कित्ता शेयर दिन लागेको हो । असार २७ गतेसम्म कायम रहने शेयरधनीले मात्र हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद बिक्रीका लागि स्वरोजगारले असार २८ गते बुक क्लोज गर्नेछ । इक्रा नेपालले स्वरोजगारको शेयरलार्इ ४ प्लस रेटिङ गरेको छ ।
शेयरधनीले अास्वा, स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फार्इनान्स कुपण्डोल र चाबहिल, गुडविल फार्इनान्स हात्तीसार/र्इन्द्रचोक/कुमारीपाटी, बिक्री प्रबन्धक एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकको उपत्यकास्थित तिनकुने, बसुन्धरा, टेकु, लुभु, सूर्यविनायक र ठैबबाट स्वरोजगारको हकप्रद भर्न सक्नेछन् । साथै, बैंकको उपत्यकाबाहिरका अधिकांश शाखाबाट पनि शेयर अावदेन दिन पार्इने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।
यो लघुवित्तले १:१ अनुपातमा १२ लाख २४ हजार ९ सय ७७.६० कित्ता शेयर बेच्न लागेको हो । हकप्रद शेयर बेचेपछि हाल १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रूपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी २४ करोड ४९ लाख ९४ हजार ५ सय २० रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया