काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी मौद्रिक नीतिले व्याजदरको समस्या सम्बोधन गर्ने बताएका छन् ।
राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै सोमबार अर्थमन्त्री खतिवडाले सो जानकारी दिएका हुन् ।
राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गर्दे व्याजदरका समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे ।
संघ, प्रदेश र स्थानीय गरी ७२१ वटा सरकारको बजेट निमार्ण भएकाले राजश्व मात्र नभई बजेट खर्च गर्ने अधिकार र आन्तरिक ऋण उठाउने क्षेत्र पनि बाँडिएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले एकै क्षेत्रमा आउने गरेको बजेट धेरै क्षेत्रमा बाडिँदा बजेटको आकार सानो नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया