माछापुच्छ्रे बैंकले भव्यरुपमा मनायो ग्लोबल मनी सप्ताह

लोकपथ
49
Shares

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने Global Money Week माछापुच्छ्रे बैंक लिमिटेडले भव्यरुपमा मनाएको छ ।

यस वर्ष मार्च २१ तारिखदेखि २७ तारिखसम्म परेको Global Money Week अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया तथा साक्षरता र्‍यालीहरुको आयोजना गरी Global Money Week मनाएको हो ।

बैंकले Global Money Week अन्तर्गत मिति चैत १२ गते काठमाडौंलगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्‍यालि निकालेको थियो ।

विभिन्न वित्तीय साक्षरतासम्बन्धी जानकारीहरु लेखिएका प्लेकार्डसहित राजधानीको बूढानीलकण्ठस्थित होटल सब्रिनाबाट सुरु भएको र्‍यालि भंगाल, चुनिखेल, सुन्दरबस्ती, कपन, गुम्बा, कपन हुँदै पुनः होटल सब्रिनामा नै आएर समापन भएको थियो ।

उक्त र्‍यालिमा बैकका सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै, बैंकले ग्लोबल मनी सप्ताहकै उपलक्ष्यमा काठमाडौं बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार र जनकपुर प्रदेश नं. १ मा इटहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता र्‍यालि निकालेको थियो ।

सप्ताहभरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानीय क्लबहरुमा विभिन्न उमेरसमूहलाई लक्षित गर्दै वित्तीय साक्षरताअन्तर्गत वित्तीय ज्ञान, सुरक्षित तथा डिजिटल बैकिङ कारोबारसम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोही अवधिमा बैंकले विभिन्न संचारमाध्यमहरुमार्फत वित्तीय साक्षरतासम्बन्धी रेडियो नाटक एवं जिङ्गल समेत प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?