एजेन्सी : हरेक वर्ष टेलिभिजन, फोन र अन्य इलेक्ट्रनिक्स उपकरणका फोहरको रूपमा थुप्रिन्छन् ।
यी वस्तु भिन्न धातुको ठूलो स्रोत बन्न गइरहेको छ ।
यो आय आर्जनको ठूलो व्यवसाय बन्ने देखिएको छ ।
प्रोफेसर वीणा साझावालाको अस्ट्रेलियास्थित खानीले सुन, चाँदी र तामा उत्पादन गर्छ ।
द युनिभर्सिटी अफ न्यू साउथ वेल्समा रहेको उनको अर्बाइन माइनले यस्ता इलेक्ट्रनिक्स वस्तुहरूको फोहरबाट सुन, चाँदी र तामा जस्ता धातुको उत्पादन गरिरहेको छ ।
उनी भन्छिन्“ ५ लाख अस्ट्रेलियन डलरजतिको लगानीले एका सानो कारखाना सञ्चालन गर्दा दुई तीन वर्षपछि यसले आम्दानी मात्र गराउँदैन रोजगार सिर्जना पनि गर्न सक्छ ।”
साथै यो वातावरण अनुकूल, सामाज अनुकूल र आर्थिकरूपमा लाभदायी हुने उनले जनाइन् ।
परम्परागत खानीबाट यो वस्तुको उत्पादन गर्नु भन्दा यस्ता वस्तुबाट गरिने धातुको उत्पादन बढी लाभदायी हुने अनुसन्धानहरूले जनाएका छन् ।
इनभारनमेन्टल साइन्स एन्ड टेकनलजि नामक पत्रिकामा हालै छापिएको अनुसन्धान प्रतिवेदन अनुसार टेलिभिजनको एक क्याथड रे टयुबमा ४५० ग्राम तामा,२२७ ग्राम अल्मुनियम र ५.६ ग्राम सुन
जडान गरिएको हुन्छ ।
सुनको खानीले ५ वा ६ ग्राम सुन उत्पादन गर्न एक टन्न कच्चा पदा निकाल्न पर्छ ।
बेइजिंगको सिंगुवा युनिभर्सिटी र सिडनको म्याकरी युनिभर्सिटीले गरेको संयुक्त अध्ययन प्रतिवेदनले इलेक्ट्रनिक वस्तुको फोहरबाट धातु निकाल्ने चीनमा ८ कम्पनीहरू रहेको जनाएको छ ।
इलेक्ट्रनिक वस्तुबाट धातुहरू निकल्ने काम भन्दा खानीको धातुकणबाट निकाल्ने काम १३ गुना महँगो रहेको अध्ययनले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको यससम्बन्धी नियोग दि इन्टरनेशलन टेलिकम्युनिकेशन्स युनियनले गरेको अध्ययन अनुसार सन् २०१६मा इलेक्ट्रनिक वस्तुको फोहर विश्वभर ४ करोड ५० लाख टन उत्पादन भएको
थियो ।
सन् २०२१सम्म यो ५ करोड टन इलेक्ट्रनिक वस्तुको फोहर उत्पादन हुनेछ ।
सन् २०१६मा ४ लाख ३५ हजार टन बराबरको फोन प्रयोगबाट हटाइएका थिए ।
यसको कच्चा पदार्थको मूल्य ९.४ अर्ब युरो बराबर रहेको थियो ।
चीनले आफ्नो इलेक्ट्रनिक वस्तुको फोहरलाई व्यवस्थित गर्ने परियोजना सञ्चालन गरिरहेको अवस्थामा युरोपेली युनियन, अमेरिका, अमेरिका , अस्ट्रेलिया र जापानलाई यसको समाधान गर्न दबाब
परिरहेको छ ।
प्रोफेसर साझावालाको सानो कारखानामा रोबोटले यस्ता वस्तुहरूको काम लाग्ने पार्टको बारेमा जानकारी दिन्छ ।
पहिला यस्तालाई टुक्रा टुक्रा गरिन्छ अनि रोबोटलाई यसका उपयोग गर्न सकिने पार्टको खोजी गर्न लगाइन्छ ।
अर्को विधि यसका धातुहरूलाई छुट्टयाएर राख्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया