मानवता विरोधी विचार बेच्दै अमेजन

एजेन्सी : प्रविधि क्षेत्रको एक ठूलो कम्पनी अमेजनले मानवता विरोधी विचार बेच्न सहयोग गरिरहेको पाइएको छ ।

नाजीवादी विचारका सामाग्रीहरूलाई बेच्न अमेजनले सहयोग गरेको जनाइएको छ ।

नाजी फोटो, लुगा, गहना र सैनिक पोशाकहरू अमेजनको पसलबाट बिक्री भइरहेको अध्ययनबाट पत्ता लागेको हो ।

यस्ता घृणा फैलाउने समूहहरूले पनि संगीत र पुस्तक बिक्री गर्ने माध्यम अमेजनलाई बनाएका छन् । 

अमेजनले आफ्नो सूचीबाट  यस्ता सूचीकृत समूह मध्ये केहीलाई हटाएको पाइएको छ ।

साथै अमेजनले कसैले निर्देशिका उल्लंघन गरे उनीहरूले तत्काल कारबाही भोग्ने चेतावनी समेत दिएको छ ।

नश्लवादी , जातिवादी समूहले आफ्नो विचारको प्रसार गर्न तयार पारेका वस्तुहरूको बिक्रीका लागि अमेजनको प्रयोग गरिरहेका छन् ।

तर अमेजनको निर्देशिकाले यसलाई अनुमति दिएको छ्र्रैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?