काठमाण्डौं। स्कटल्याण्डले बजेटको समस्या देखाउँदै नेपालसँग एक दिवसीय क्रिकेट खेल्न अस्विकार गरेको छ ।
अन्तराष्ट्रिय एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसिय खेल खेल्दैछ । आगामी साउन १६ र १८ मा नेपालले नेदरल्याण्ड्सको घरेलु मैदानमा खेल खेल्दैछ ।
तर नेपालले यही अवसरमा स्कटल्याण्डविरुद्ध पनि एक दिवसीय सिरीज खेल्नका लागि पहल गरेको थियो । तर स्कटल्याण्डले बजेटको अभाव देखाउँदै नेपालको प्रस्तावलाई अस्विकार गरेको हो ।
नेपालले नेदरल्याण्ड्स पछि स्कटल्याण्डसँग पनि एक दिवसीय खेल्नका लागि पहल गरेको थियो । तर स्कटल्याण्डले यो सिजनको बजेट समाप्त भएको र नेपाललाई आयोजना गर्न नसक्ने भन्दै प्रस्तावको अवेज्ञा गरेको थियो ।
स्कटल्याण्डका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले अघिल्लो महिना स्कटल्याण्डले आयरल्याण्ड र नेदरल्याण्डस् विरुद्धको टी–२० सिरिजका लागि संघसँग भएको अन्तिम बजेट खर्च गरेको र अब अरु देशलाई आयोजना गर्न बजेट नभएकाले यस्तो निर्णय गरेको जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया